२०८२, १७ मंसिर बुधबार

१ लाख ५६ हजार युवायुवती लागूऔषधकोे कुलतमा

१ लाख ५६ हजार युवायुवती लागूऔषधकोे कुलतमा


काठमाडौं, मंसिर १० : मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं रुपैयाँ खर्चने गरेका छन् ।

दुर्व्यसनको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ । काठमाडौंमा लागूऔषध दुर्व्यसन र बिक्री वितरणको आरोपमा दैनिकजसो आधा दर्जन बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको खबर अाजकाे राजधानी दैनिकमा छ ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले लागूऔषध दुव्र्यसनको जालो भयावह रूपमा बढ्दै गएको बताए ।

जालो भयावह रूपमा बढ्न थालेपछि काठमाडौं प्रशासनले केही दिनअघि मात्रै यहाँका डेढ दर्जन पुनःस्थापना केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पनि पुनःस्थापना केन्द्रमा लागूऔषध दुर्व्यसनीको संख्या वृद्धि भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । स्कुल जीवन सकेर प्लस २ पढ्ने युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा नराम्ररी फस्ने क्रम बढेको घिमिरेले बताए ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ७ : ४५ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी