२०८२, २४ चैत्र बुधबार

जनसरोकारका आयोजनालाई प्राथमिकता दिनुपर्छ : वरिष्ठ नेता पौडेल

जनसरोकारका आयोजनालाई प्राथमिकता दिनुपर्छ : वरिष्ठ नेता पौडेल


दमौली, ९ मङ्सिर: व्यास नगरपालिकाको आयोजनामा एकीकृत विकास योजनाको दीर्घकालिन योजना तथा नीति निर्धारणसम्बन्धी दुईदिने कार्यशाला बन्दीपुर–५ ढावमा आजदेखि शुरु भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिकाले जनताको सरोकारका विकास आयोजनालाई प्राथमिकता तोकेर विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । नेता पौडेलले धार्मिक, कृषि, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शङ्करनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व वास्तोला र परामर्शदाता योगेशपूर्ण श्रेष्ठले नगरवासीको सरोकारलाई नगरपालिकाले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, डा शेषरमण न्यौपाने, अर्थविद् रघुराज काफ्ले, कृषि विज्ञ भैरवराज कैनी र पर्यटनविद् हरिसिंह गुरुङले दीर्घकालिन सोच निर्धारण सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठी सोमबारसम्म चल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ९ : २९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि