२०८२, १३ माघ मंगलबार

जनसरोकारका आयोजनालाई प्राथमिकता दिनुपर्छ : वरिष्ठ नेता पौडेल

जनसरोकारका आयोजनालाई प्राथमिकता दिनुपर्छ : वरिष्ठ नेता पौडेल


दमौली, ९ मङ्सिर: व्यास नगरपालिकाको आयोजनामा एकीकृत विकास योजनाको दीर्घकालिन योजना तथा नीति निर्धारणसम्बन्धी दुईदिने कार्यशाला बन्दीपुर–५ ढावमा आजदेखि शुरु भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिकाले जनताको सरोकारका विकास आयोजनालाई प्राथमिकता तोकेर विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । नेता पौडेलले धार्मिक, कृषि, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शङ्करनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व वास्तोला र परामर्शदाता योगेशपूर्ण श्रेष्ठले नगरवासीको सरोकारलाई नगरपालिकाले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, डा शेषरमण न्यौपाने, अर्थविद् रघुराज काफ्ले, कृषि विज्ञ भैरवराज कैनी र पर्यटनविद् हरिसिंह गुरुङले दीर्घकालिन सोच निर्धारण सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठी सोमबारसम्म चल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ९ : २९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै