२०८२, २३ चैत्र मंगलबार

कर्णाली प्रदेश पाश्र्वचित्र बनाइने

कर्णाली प्रदेश पाश्र्वचित्र बनाइने


सुर्खेत, ९ मङ्सिर : कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्यक्रममा आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मी, सदस्यद्वय डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीले शपथ ग्रहण गर्नुभयो । आयोगका अध्यक्ष तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उपाध्यक्ष डा रेग्मीलाई शपथ ग्रहण गराउनुभएको थियो । आफूले शपथ ग्रहण गरेपश्चात् डा रेग्मीले सदस्यद्वय डा रोकाया र शाहीलाई शपथ खुवाउनुभएको थियो ।

शपथपछि योजना आयोगका उपाध्यक्ष रेग्मीले आफूहरु पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताउनुभयो । “अब तत्कालै कर्णाली प्रदेशको वर्तमान अवस्थामा बदल्ने र समृद्ध कर्णालीको सपना पूरा गर्ने मार्गचित्र तयार गर्छौं”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष रेग्मीले चालू आवको बजेट कार्यान्वयनमा ध्यान दिएर आव २०७६÷०७७ को एकवर्षीय योजना निर्माणमासमेत आयोग लाग्ने विश्वास दिलाउनुभयो । उहाँका अनुसार पूँजीगत बजेट खर्च हुन संयन्त्रलाई क्रियाशील बनाउन आयोगको क्षेत्राधिकारभित्र रहेर अनुगमनको कामलाई पनि प्रभावकारी बनाइने छ । योजना आयोगका पदाधिकारीले आजै पदबहाली गर्नुभएको छ । उपाध्यक्ष रेग्मीले पदबहालीसँगै कर्णाली प्रदेशको विकास ढाँचा तयार गर्न कर्णाली प्रदेश पाश्र्वचित्र निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : ५४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि