२०८२, २ माघ शुक्रबार

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन


काठमाडौँ, ९ मङ्सिर: अध्यागमन विभागले आफ्नो काम कारवाहीमा चुस्तता ल्याउने प्रयास थालेको छ । विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार विगतमा विभागको काम कारवाहीमा विभिन्न टीकाटिप्पणी उठ्ने गरेकाले त्यसलाई समाधान गर्दै उच्चस्तरको सेवा दिन काम कारवाहीमा सुधारको प्रयास थालिएको हो ।

सोही अभियानअन्तर्गत विभागका १०० भन्दा बढी कर्मचारीलाई सेवा गुणस्तरीय बनाउने उद्देश्यले आज तालीम प्रदान गरिएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । गुणस्तरीय सेवा र प्राविधिक विषयमा जानकारी दिन पौडेलसहित विभागका निर्देशक तथा विभिन्न क्षेत्रका इञ्जिनीयरले कर्मचारीलाई प्रशिक्षण दिएका छन् ।

देशको पहिचान दिलाउन विभागको भूमिका महत्वपूर्ण हुने र विदेशी आगन्तुक पाहुना पहिलो पटक विभागमा ठोक्किन आइपुग्ने हुँदा यहाँको काम कारवाहीलाई सुधार आवश्यक छ भन्ने निष्कर्षका साथ यो अभियान अगाडि बढाइएको हो । विभागलाई समयसापेक्ष बनाउने विश्वस्तरको सेवा दिन सरकारकोसमेत उच्च प्राथमिकता रहेको बताउँदै महानिर्देशक पौडेलले विभिन्न उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिइने छ भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : २७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा