२०८३, ३१ असार बिहीबार

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक


काठमाडौँ, ९ मङ्सिर: मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आधुनिक समाजमा वित्तीय क्षेत्रको महत्व बढ्दै गएको बताउनुभयो ।

आगामी दिनमा बाँकी रहेका ४० प्रतिशत नागरिकलाई पनि वित्तीय सञ्जालमा जोड्नुपर्ने उहाँले बताउनुभयो । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले परिवर्तित संरचनाअनुसार ७५३ स्थानीय तहमा सरकारले वितरण गर्ने रकम अझै बैंकमा प्राप्त हुन नसकेका कारण प्रथम चौमासिकमा करीब रु ९० अर्बको निक्षेप कमी भएको बताउनुभयो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले देशमा लगानीका लागि कर्जाको माग बढ्दै गएको भए पनि आन्तरिक स्रोतले त्यसको व्यवस्थापन गर्न कठिन रहेको बताउनुभयो । सङ्घका अध्यक्ष पदमराज रेग्मीले मुलुकमा वित्तीय क्षेत्रलाई बलियो बनाउन निक्षेप सङ्कलन र ऋण प्रवाहमा कायम गरिने व्याजदर सन्तुलित हुनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : २२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित