२०८२, २४ भाद्र मंगलबार

‘राष्ट्र प्रमुखलाई विवादमा तान्न हुँदैन’: नेता पौडेल

‘राष्ट्र प्रमुखलाई विवादमा तान्न हुँदैन’: नेता पौडेल


काठमाडौँ, ९ मङ्सिर :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा नेता पौडेलले राष्ट्रपतिका लागि सवारी साधन किन्ने विषय सामन्य भएको बताउनुभयो । उहाँले सरकारको कामकाजका विषयमा आवाज उठाउन विपक्षी दललाई आग्रह गर्नुभयो । “जनताको भावनाअनुरुप काम भएको छ कि छैन, सरकार के गरेर बसिरहेको छ, त्यस विषयमा खबरदारी गर्नुस्, त्यो उचित हुनेछ,” नेता पौडेलले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताउनुभयो । नेपालको गौरवका निम्ति र सुरक्षाको हिसाबले गाडीको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । सरकारले नौ महीनामा केही गर्न नसकेको र सुरक्षाको विषयमा चुकेको उहाँको आरोप थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्न आवश्यक नभएको आफूहरुले राय दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि पनि महंगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महंगो गाडी खरिद गर्नु हुँदैन भन्ने नै हो ।”
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : १९ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा