२०८२, २ माघ शुक्रबार

अर्जुनधारा जलेश्वरधाममा मङ्गलबारदेखि महायज्ञ

अर्जुनधारा जलेश्वरधाममा मङ्गलबारदेखि महायज्ञ


भद्रपुर, ९ मङ्सिर : ‘पूर्वकै पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ यही मङ्सिर ११ गतेदेखि हुने भएको छ । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको ३६ औंँ वार्षिक अनुष्ठानका अवसरमा महायज्ञ गरिने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । विसं २०२३ मा स्थापित धाममा २०४० देखि प्रत्येक वर्ष बाला चतुर्दशीमा समापन हुने गरी महापुराण एवं अनुष्ठान सञ्चालन हुँदै आएका छन् ।

यही मङ्सिर २० गतेसम्म चल्ने अनुष्ठानमा देशविदेशका आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटक जलेश्वरधाममा भित्र्याउने लक्ष्य रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । अनुष्ठानमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई महाभारतकालीन घटनाक्रम एवम् धामको उत्पतिबारे विद्युतीय जानकारी, धामको ऐतिहासिक मूलपोखरीभित्र कलात्मक सङ्गीतमय फोहरा प्रदर्शनी, लक्ष्यवर्तिका प्रज्वलन र प्रत्येक दिन विशेष गङ्गा आरती गरी धार्मिक मनोरञ्जन प्रदान गरिने छ ।

सोही धाममा अध्ययन गर्नुभएका भागवतभूषण कौशिकजी महाराज (पं दिनेश ढुङ्गाना)बाट कथा वाचन गरिने छ । यसै वर्ष सरकारले विकासोन्मुख पर्यटकीय गन्तव्यका रुपमा झापाको अर्जुनधारा जलेश्वरधामलाई समेत सूचीकृत गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ५ : ३३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा