२०८३, १७ आश्विन आईतबार

ढोरपाटनमा आगलागीबाट ३० घर जले

ढोरपाटनमा आगलागीबाट ३० घर जले


गलकोट, ९ मङ्सिर : बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हुनमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।

शिकार आरक्षमा रहेको हुनमान ध्वज गुल्मका गुल्मपति सेनानी रविराम खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो ।

“ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भन्नुभयो, “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।” नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताउनुभयो ।

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ ।
–रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ९ : १६ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन