२०८२, २४ कार्तिक आईतबार

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा


काठमाठौं, मंसिर ९ : राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्।

संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेका छन्।

यो रकमबाट नमुना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको ढकालले बताए। यस विषयमा इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनको भनाइ छ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा शनिबार भिख माग्न पशुपति क्षेत्रमा पुगेका हुन्। भिख माग्ने कार्यक्रममा करिब दुई सय युवा सहभागी भएको ढकालको भनाइ छ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : ४२ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।