२०८२, १२ माघ सोमबार

सन्थाल समुदायको सांस्कृतिक भवन बन्छ : मन्त्री पण्डित

सन्थाल समुदायको सांस्कृतिक भवन बन्छ : मन्त्री पण्डित


भद्रपुर, ८ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सन्थाल समुदायका लागि सरकारले सांस्कृतिक भवन निर्माण गरिदिने बताउनुभएको छ । उहाँले मुलुकमा दुई वटा भवन निर्माण गर्नका लागि सङ्घीय सरकारले रु एक करोड रकम विनियोजनसमेत भइसकेको झापा जिल्लास्तरीय सन्थाल नृत्य प्रतियोगिताको आज बिर्तामोडमा उद्घाटन गर्दै जानकारी दिनुभयो ।

मन्त्री पण्डितले सन्थाल समुदायका युवाले अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनुपर्ने धारणा राख्दै भन्नुभयो, “सन्थाल समुदाय नेपालको अल्पसङ्ख्यक समुदाय हो । अब उहाँहरुले विपन्नताबाट माथि उठ्न योग्यता बढाउनुपर्छ ।”

“मैले यहाँ जति पनि युवायुवती देखे, सबै दुब्लो र पातलो हुनुहुन्छ”, मन्त्री पण्डितले भन्नुभयो, ९० प्रतिशत परिवार कठिन श्रम मजदुरी गर्नुहुन्छ, अब उत्पादनमूलक काममा लाग्नुहोस् ।” उहाँले सरकारले रोजगारीको वातावरण बनाइरहेको हुँदा उत्साहित भएर जातीय उत्थानमा लाग्न सुझाव दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ५८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै