२०८२, २५ चैत्र बिहीबार

सन्थाल समुदायको सांस्कृतिक भवन बन्छ : मन्त्री पण्डित

सन्थाल समुदायको सांस्कृतिक भवन बन्छ : मन्त्री पण्डित


भद्रपुर, ८ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सन्थाल समुदायका लागि सरकारले सांस्कृतिक भवन निर्माण गरिदिने बताउनुभएको छ । उहाँले मुलुकमा दुई वटा भवन निर्माण गर्नका लागि सङ्घीय सरकारले रु एक करोड रकम विनियोजनसमेत भइसकेको झापा जिल्लास्तरीय सन्थाल नृत्य प्रतियोगिताको आज बिर्तामोडमा उद्घाटन गर्दै जानकारी दिनुभयो ।

मन्त्री पण्डितले सन्थाल समुदायका युवाले अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनुपर्ने धारणा राख्दै भन्नुभयो, “सन्थाल समुदाय नेपालको अल्पसङ्ख्यक समुदाय हो । अब उहाँहरुले विपन्नताबाट माथि उठ्न योग्यता बढाउनुपर्छ ।”

“मैले यहाँ जति पनि युवायुवती देखे, सबै दुब्लो र पातलो हुनुहुन्छ”, मन्त्री पण्डितले भन्नुभयो, ९० प्रतिशत परिवार कठिन श्रम मजदुरी गर्नुहुन्छ, अब उत्पादनमूलक काममा लाग्नुहोस् ।” उहाँले सरकारले रोजगारीको वातावरण बनाइरहेको हुँदा उत्साहित भएर जातीय उत्थानमा लाग्न सुझाव दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ५८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि