२०८२, २२ चैत्र सोमबार

नेता चौधरीको हत्याको विरोध, आरोपीको घरमा आगजनी

नेता चौधरीको हत्याको विरोध, आरोपीको घरमा आगजनी


तौलिहवा, ८ मङ्सिर : गएराति गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ । स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीस्थित दुई तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा करीब रु २ करोड बराबरको धनमाल क्षति भएको छ ।

हत्याको विरोध गर्दै मृतक चौधरीका आफन्तजन, समर्थक र सर्वधारणले सो आगजनी गरेका हुन् । हत्याको आरोपी पाण्डेयको घरमा रहेको एक थान ट्याक्टर, एक थान हार्वेस्टर कम्बाइन, चार थान मोटरसाइकलमा आगजनी हुँदा उक्त धनमाल जलेर पूर्ण नष्ट भएको छ । यसैगरी आक्रोशित भीडले आरोपी पाण्डेको घरमा आगजनी गर्ने प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडपसमेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागी घाइते हुनुभएको छ । यसैगरी थप दुई प्रहरी घाइते रहेका छन् । आक्रोशित भीडले हत्याको विरोधमा हत्या आरोपी पाण्डेयको सो गाउँपालिका लवनी चौकमा रहेको परमिला आयल सेन्टरमा आगजनीको प्रयास गरिरहेका छन् । पेट्रोल पम्पको सुक्षाका लागि नेपाल प्रहरी, शशस्त्र प्रहरीको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ ।

हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, शशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनीलगायतको टोली घटना स्थल लवनीमा छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ४७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर