२०८२, १२ माघ सोमबार

सरकारको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्छः मन्त्री ढुङ्गेल

सरकारको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्छः मन्त्री ढुङ्गेल


रामेछाप, ८ मङ्सिर : प्रदेश नं ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले ल्याएको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापको नवौँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनको आज मन्थलीमा उद्घाटन गर्दै उहाँले सरकारले गल्ती गरेको भए औँल्याइदिन र राम्रा कामलाई बोकेर हिँड्न सबैमा आग्रह गर्नुभयो ।

मन्त्री ढुङ्गेलले दुई तिहाइको वर्तमान सरकार समृद्ध नेपाल खुशी नेपालीको सङ्कल्पका साथ अगाडि बढिरहेको चर्चा गर्दै नेपालको लोकतान्त्रिक र सामाजिक आन्दोलनमा गैरसरकारी संस्थाले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यसैगरी मन्त्री ढुङ्गेलले रामेछाप र दोलखका जिल्ला हेर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा स्थापना भएको कृषि ज्ञान केन्द्रको आज उद्घाटन गर्दै कृषिमा अब व्यवसायीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

फलफूल, तरकारी र मसला बालीमा जोड दिनुपर्ने बताउँदै उहाँले व्यावसायिक कृषिका योजनालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । केन्द्रका कार्यालय प्रमुख सूर्यप्रसाद बरालले रामेछापका ८ र दोलखाका ९ गरी १७ वटा स्थानीय तहलाई कार्यक्षेत्र बनाई स्थापना भएको केन्द्रमा १६ जना कर्मचारीको दरबन्दी भए पनि हालसम्म ८ जना कर्मचारीमात्र उपलब्ध भएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ३८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै