२०८३, ३१ असार बिहीबार

सञ्चार क्षेत्रको अधिकार सिंहदरबार वरिपरि घुमिरहेको छः अध्यक्ष आचार्य

सञ्चार क्षेत्रको अधिकार सिंहदरबार वरिपरि घुमिरहेको छः अध्यक्ष आचार्य


बलेवा, ८ मङ्सिर : नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङको ११ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राज्यको पुनःसंरचना भए पनि सञ्चार क्षेत्रको अधिकार केन्द्रमा मात्रै सीमित रहेको छ ।”

अध्यक्ष आचार्यले प्रेसप्रति अंकुश लगाएर राज्य लोकतन्त्रप्रति उदार बन्न नसक्ने बताउँदै सङ्घीयताको कार्यान्वयनसँगै बनेका संरचनाअनुसार सञ्चार क्षेत्रको अधिकार पनि हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि सञ्चार क्षेत्रको अधिकार भने सिंहदरबार वरिपरि घुमिरहेको बताउँदै उहाँले देशमा भएका ठूलाठूला परिवर्तनमा पत्रकारिता क्षेत्रले सघाएको भए पनि देशका राजनीतिक दल र सरकारले त्यो योगदानलाई भुलेर अङ्कुश लगाउने बाटो खोजेकोमा दुःख व्यक्त गर्नुभयो ।

अध्यक्ष आचार्यले राज्यले प्रेस स्वतन्त्रतालाई कानूनका माध्यमबाट अङ्कुश लगाएर सञ्चार क्षेत्रलाई कमजोर र नागरिकको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै नयाँ मुलुकी संहितामा व्यवस्था भएअनुसार पत्रकार र पत्रकारिता क्षेत्रलाई बाँध्न खोजिएकाले प्रेस स्वतन्त्रताको लडाईं जारी राख्नुपरेको धारणा व्यक्त गर्नुभयो ।

पत्रकार आचार संहिता र सञ्चारमाध्यमको प्रभावकारिताका विषयमा नागरिक सुनुवाइमार्फत सुझाव सङ्कलन गरेर पत्रकारिताभित्रका विकृति खोज्नुपर्नेमा जोड दिदैं उहाँले पत्रकार महासङ्घको निर्वाचन प्रणाली सुधारका विषयमा सबैको एकता आवश्यक रहेको बताउनुभयो । अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमाथिको अङ्कुशका विषयमा खुलेर सङ्घर्ष गर्न पत्रकारलाई आग्रह गर्दै अहिले के भइरहेको छ भन्दा पनि मूल प्रकृति के हो भन्ने विषयमा हेक्का राखेर पत्रकारले प्रहार गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ३४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित