२०८२, १७ मंसिर बुधबार

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध


काठमाडौं, ८ मङ्सिर:: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो ।दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार विहान खुला गरिएसँगै १५ मिनेट जति काम भएपछि वेवसाइट नै ह्याङ भई काम हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘विहान १५ मिनेट जति काम भयो त्यसपछि ओभरफ्लो भएर दिनभरि काम भएन, क्षमता थप गर्ने काम भएको छ, प्राविधिकहरुले काम गरिरहनुभएको छ भोलि सुधार हुन्छ ।’ विभागका अनुसार अनलाइन आवेदन फारम भर्नका लागि यस्तो समस्या यसअघि भएको थिएन् । बीचमा आवेदन वन्द गरिएका हुँदा अहिले एकै पटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ८ : ०९ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी