२०८३, २२ भाद्र मंगलबार

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध


काठमाडौं, ८ मङ्सिर:: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो ।दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार विहान खुला गरिएसँगै १५ मिनेट जति काम भएपछि वेवसाइट नै ह्याङ भई काम हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, ‘विहान १५ मिनेट जति काम भयो त्यसपछि ओभरफ्लो भएर दिनभरि काम भएन, क्षमता थप गर्ने काम भएको छ, प्राविधिकहरुले काम गरिरहनुभएको छ भोलि सुधार हुन्छ ।’ विभागका अनुसार अनलाइन आवेदन फारम भर्नका लागि यस्तो समस्या यसअघि भएको थिएन् । बीचमा आवेदन वन्द गरिएका हुँदा अहिले एकै पटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ८ : ०९ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै