२०८३, ३१ असार बिहीबार

कपिलवस्तुमा नेता चौधरीलाइ गोली हानी हत्या

कपिलवस्तुमा नेता चौधरीलाइ गोली हानी हत्या


तौलिहवा, ८ मङ्सिर: कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा शुक्रबार राति १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गोली लागेका उनको घटनास्थलमै ज्यान थियो ।

जिल्लामा राजाबाबु भनिने चिनिने चौधरी गतसालको स्थानीय तह निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । यस्तै उनी स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सांसदमा उठेका थिए । तत्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए । मृतक चौधरीको शव हाल मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ८ : ०२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित