२०८२, १७ मंसिर बुधबार

पूर्वप्रधान्यायाधीश गिरीको निधन

पूर्वप्रधान्यायाधीश गिरीको निधन


काठमाडौँ, ७ मङ्सिर: पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मनुभएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएको थियो । उहाँ जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो ।

सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा रहँदा उहाँको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो । सर्वोच्च अदालतमा आजै बसेको आकस्मिक पूर्ण बैठकले यही मङ्सिर ९ गते आइतबार देशभरका सबै अदालत तथा न्यायाधीकरणहरु शोक बिदाका रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ५८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी