२०८२, २५ मंसिर बिहीबार

मुलुकको विकास र समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदानः अध्यक्ष प्रचण्ड

मुलुकको विकास र समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदानः अध्यक्ष प्रचण्ड


काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको आर्थिक विकास र समृद्धिमा शिख समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा आज कुपण्डोलस्थित गुरुद्वारामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको सडक यातायातका क्षेत्रमा शिख समुदायले क्रान्ति ल्याएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “गुरु नानकले अघि सार्नुभएको विचारले समाजलाई सत्यमार्गतर्फ अघि बढाउन सकिन्छ, उहाँको आदर्शबाट प्रेम, स्नेह, आपसी भाइचारा कायम गर्न प्रेरणा मिल्छ ।”

नेपाल र अङ्ग्रेजविरुद्धको लडाइँमा समेत शिख धर्मावलम्बीको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो । नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले शिख धर्मका महत्वपूर्ण प्राचीन हस्तलिखित ग्रन्थ नेपालका विभिन्न गुरुद्धारा तथा राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेकोमा खुशी व्यक्त गर्नुभयो । उक्त गुरुद्वाराका संरक्षक प्रितम सिंहले गुरुद्वाराले विभिन्न धार्मिक गतिविधिका माध्यमबाट सामाजिक सेवा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ५५ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे