२०८२, २४ चैत्र बुधबार

मुलुकको विकास र समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदानः अध्यक्ष प्रचण्ड

मुलुकको विकास र समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदानः अध्यक्ष प्रचण्ड


काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको आर्थिक विकास र समृद्धिमा शिख समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा आज कुपण्डोलस्थित गुरुद्वारामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको सडक यातायातका क्षेत्रमा शिख समुदायले क्रान्ति ल्याएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “गुरु नानकले अघि सार्नुभएको विचारले समाजलाई सत्यमार्गतर्फ अघि बढाउन सकिन्छ, उहाँको आदर्शबाट प्रेम, स्नेह, आपसी भाइचारा कायम गर्न प्रेरणा मिल्छ ।”

नेपाल र अङ्ग्रेजविरुद्धको लडाइँमा समेत शिख धर्मावलम्बीको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो । नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले शिख धर्मका महत्वपूर्ण प्राचीन हस्तलिखित ग्रन्थ नेपालका विभिन्न गुरुद्धारा तथा राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेकोमा खुशी व्यक्त गर्नुभयो । उक्त गुरुद्वाराका संरक्षक प्रितम सिंहले गुरुद्वाराले विभिन्न धार्मिक गतिविधिका माध्यमबाट सामाजिक सेवा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ५५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि