२०८२, ६ भाद्र शनिबार

नारायणहिटीका १० कोठा अवलोकन गर्न सकिने

नारायणहिटीका १० कोठा अवलोकन गर्न सकिने


काठमाडौँ, ७ मङ्सिर : नारायणहिटी दरबार सङ्ग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । सङ्ग्रहालयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अङ्गरक्षकहरुको कार्यकक्ष आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गर्नुभयो ।

शृङ्गार कक्षका रुपमा राखिएको सिन्धुली बैठकमा तत्कालीन रानीले पोशाक पहिरिने, शृङ्गार गर्ने तथा दिउँसोको खानापछि आराम गर्न प्रयोग गरिन्थ्यो । गणेश हिमाल कार्य कक्ष भनिने झापालाई प्रतीक्षालयका रुपमा उपयोग गरिएको थियो । यस कोठामा पूर्वराजाले छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउनुहुने पाहुनालाई राखिन्थ्यो ।

इलामलाई समेत गणेश हिमाल कार्य कक्षको नाम दिइएको छ । यो कोठामा तत्कालीन राजाले हप्ताको एक दिन प्रायः बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने गरी उपयोग गरिएको थियो । यो कक्षमा अन्य विशिष्ट व्यक्तित्वसँग पनि वार्ता हुने गर्दथ्यो । दरबारभित्रको सुनसरी लेखिएको कोठामा पूर्वराजा तथा राजपरिवारका सदस्यले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन एवं नव यज्ञोपवित धारण गर्ने कार्यक्रम हुन्थ्यो । रक्षाबन्धन कक्ष भनेर समेत नामाकरण गरिएको यो कोठामा राजपरिवारका सदस्यको अन्य धार्मिक गतिविधि हुन्थ्यो ।

सप्तरी जिल्लाको नाममा नामाकरण गरिएको कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजको चोेखो (शाकाहारी) खाना राखिन्थ्यो । यसलाई भोजन कक्षको नामले समेत चिनिन्छ । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागीको भोजन गर्ने कोठाका रुपमा समेत यसलाई उपयोग गरिएको नारायणहिटी दरबार सङ्ग्रहालयले जनाएको छ ।

सिराहा बैठक कक्षमा सप्तरी भोजन कोठामा भोज आयोजना हुँदा खानाअघि र पछि बसेर छलफल गरिन्थ्यो । धनुषा बैठक कक्षमा बडादशैँको टीकाग्रहण, विभूषण प्रदान गर्नेलगायत विभिन्न कामका लागि प्रयोग गरिन्थ्यो । पर्सा, चितवन र कपिलवस्तु बैठक कक्षलाई पाहुना कोठाका रुपमा उपयोग गरिएको थियो । अङ्गरक्षकहरुको कार्य कक्षमा पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने गरेको जनाइएको छ ।

दश कक्षको अवलोकनपछि खुला गरिएको घोषणा गर्नुहुँदै मन्त्री अधिकारीले दरबारभित्रको चलचित्र घर र पुस्तकालयबाहेकका सबै कोठा सर्वसाधारणले अवलोकन गर्न सक्ने जानकारी दिनुभयो । ती दुई कोठालाई पनि छिटोभन्दा छिटो अवलोकन गर्न सक्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । दरबारमा ५२ कक्ष भनिएका कुन कुन हुन् तिनको वास्तविक विवरण सङ्कलन गर्न मन्त्री अधिकारीले निर्देशन दिनुभयो । सङ्ग्रहालयको गुरुयोजना अन्तिम चरणमा पुगेकाले त्यसको कार्यान्वयनपछि आकर्षकस्थलका रुपमा विकास गरिने उहाँले बताउनुभयो । मन्त्रालयले करीब एक महीनाअघि पूर्वराजाले पहिरिने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको थियो । कार्यक्रममा पुरातत्व विभाग र नारायणहिटी दरबार सङ्ग्रहालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ५१ बजे

“इच्छा पूर्ण गरिदिने पाथीभरा देवीको जय होस् !

“इच्छा पूर्ण गरिदिने महान शक्ति स्वरूपा, माता पाथीभरा देवीको जय

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि

मन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, पर्यटन प्रवर्द्धनबारे चर्चा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको