२०८२, २८ भाद्र शनिबार

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय


भादगाउँ, ७ मङ्सिर : नेवार समुदायले आज सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन् । नेवार समुदायमा विशेषगरी आजको दिन सकी अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर पारेर नेवार समुदायले ऋतुअनुसारको कृषि उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलन छ । इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पिँडालु, सख्खरखण्डलगायतका कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन नेवार समुदायमा रहेको छ । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहेको छ ।

यसै अवसरमा आज भक्तपुरको यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव मन्दिरलगायत चाँगुनारायण, वाखुपति र तीलमाधव नारायण मन्दिरमा विशेष मेला लागेको छ । सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ ।

एक महीने दाफा भजनकीर्तन आजै सम्पन्न गर्ने प्रचलन पनि नेवार समुदायमा छ । कोजाग्रत पूर्णिमाको दिनदेखि नेवार समुदायले आआफ्नो टोलमा रहेको गणेश, महादेवलगायतका देवीदेवताको मन्दिरमा प्रत्येक साँझ भजनकीर्तन गाउन शुरु गर्दछन् । सो भजनकीर्तन आज समापन गर्छ ।सो भजन मण्डलीले मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहँुलगायतका गेँडागुडीले विभिन्न देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने गर्दछ । अन्तमा त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्ने गर्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : १० बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान