२०८२, २८ भाद्र शनिबार

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने


अत्तरिया, ७ मङ्सिर: राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र कञ्चनपुरको दक्षिणी क्षेत्रमा बसोवास गर्दै आएका दुई हजार गरी दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ ।

कम्पनी सञ्चालक समितिले फुटकर जग्गा बिक्रीवितरण सम्बन्धी विनियमावली २०६९ मा दोस्रो संशोधन गर्नुपर्ने देखिएको थियो । मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपूर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष चौधरीले बताउनुभयो ।

कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्रमा ३४४, परासन क्षेत्रमा ५७०, वाइसेविचवामा २० बिगाहा गरी कूल ९३६ बिगाहा १८ धुर जग्गामा बसोवास गर्दै आएका घरपरिवारलाई पूर्जा वितरण गर्न आवश्यक तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो । जग्गा उपलब्ध गराउँदा भोगकर्तालाई मालपोतको न्यूनतम शुल्क लिने, भूमिहीन, सुकुमवासी तथा विपन्न परिवारका सदस्यलाई मालपोत रजिष्ट्रेशन प्रयोजनका लागि कायम गरिएको न्यूनतम मूल्यमा २५ देखि ७५ प्रतिशतसम्म छूटको प्रावधान रहेको जनाइएको छ ।

जग्गा बिक्रीबाट उठेको रकमको २० प्रतिशत रकम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा विकास निर्माणमा लगाइने प्रावधानसमेत रहेको कम्पनी सचिव अश्विनी खड्काले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ३६ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान