२०८२, १६ मंसिर मंगलबार

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल


ललितपुर, ७ मङ्सिर : कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

योजनाले नै थप सात स्थानमा आकाशे पुलको जिम्मेवारी लिएको छ । उहाँले भन्नुभयो, “तीमध्ये कुनैमा काम शुरु भयो कुनैमा हुने क्रममा छ, कुनैमा भने ठेक्का सम्झौता हुन नै बाँकी छ ।” चिनियाँ आफैँले कोटेश्वर, ग्वार्काे र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका सात ठाउँका आकाशे पुल दुई वर्षमा सकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ ।

शर्माले भन्नुभयो, “चारै स्थानमा जगको काम सकिएर पिलरको काम अघि बढेको छ ।” महालक्ष्मीस्थान र सानेपामा भने काम शुरु भइसकेको छैन । यी दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समय पछि काम शुरु हुनेछ । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको ठेक्का सम्झौता आगामी डिसेम्वरमा सकिँदैछ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ३२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी