२०८२, २२ चैत्र सोमबार

बधिया भाले पालेर राम्रो आम्दानी

बधिया भाले पालेर राम्रो आम्दानी


घोराही, ७ मङ्सिर: घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् । उहाँले कुखुरा पाल्दै त आउनुभएको छ तर फरक तरिकाबाट । भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर नयाँ तरिकाले पाल्दै आउनुभएको छ । उसो त दाङ जिल्ला पहिलेदेखि नै बधिया भालेका रुपमा परिचित छ । अन्य जिल्लाबाट यहाँ आउनेहरु बधिया भालेको मासुको पारखी छन् ।

झट्ट हेर्दा अरु सबैले गर्दै आएको पेशाभन्दा उहाँले गर्दै आएको यो काम अलि फरक छ । उहाँले यो पेशा गर्न थालेको करीब सात वर्ष बढी भयो । जुन पेसाबाट मनग्य आम्दानीसँगै समाजमा एउटा छुट्टै नामसमेत उहाँले पाइसक्नुभएको छ । उहाँकी श्रमती जानका चौधरीका अनुसार हाल बधिया फार्ममा करीब ३०० बधिया भाले छन् । भाले पाल्नेका लागि मासिकरुपमा रु ३० देखि रु ४० हजार खर्च हुने गरेको छ । तर आम्दानी भने वार्षिक रु १० देखि १२ लाखसम्म हुने गरेको उहाँ सुनाउनुहुन्छ ।

एउटा बधिया भाले हुनका लागि चल्ला निकालेको करीब पाँच महीनामा भाले बास्न थाल्छ । भाले बास्ने भइसकेपछि भालेको भेटेनरी डाक्टरको सहयोगमा अण्डाशय निकाल्ने र शिर काट्ने काम हुन्छ । जब अण्डाशय निकालेर करीब दुई महीनाजति दानापानी खुवाएमा बधिया तयार हुन्छ । एउटा चल्ला निस्केको सातदेखि आठ महीनामा बधिया भाले तयार हुन्छ । हर्क चौधरी भन्नुहुन्छ, “अरु कुखुराको मासुभन्दा अति मीठो, कस्सिएको मासु हुन्छ भन्छन् र मान्छे घरमै लिन आउछन् ।” उहाँका अनुसार एउटा बधिया भाले करीब तीनदेखि साढे तीन किलोसम्म हुन्छ र त्यसको मूल्य रु तीन हजार पर्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ३० बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर