२०८२, २५ माघ आईतबार

हिमचितुवा संरक्षण अभियान

हिमचितुवा संरक्षण अभियान


ठिनी, ७ मङ्सिर : मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो ।

थर्ड पोल कञ्जरभेन्सी, रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) सँगको सहकार्यमा मोडिफिकेशन जोमसोमले समुदाय, विद्यालय र कृषिस्तरमा हिमचितुवा संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको छ । हिमचितुवा गणना, बासस्थानको पहिचान र संरक्षणका लागि गत हप्ता समुन्द्री सतहदेखि तीन हजार ५०० देखि चार हजार मिटरको उचाइमा अवस्थित लुप्राको लेकमा विद्यार्थी र संरक्षण शिक्षकलाई हिमचितुवाको गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने प्रविधिका बारेमा स्थलगत तालीम दिइएको छ ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १० जना विद्यार्थी र पाँच जना शिक्षकलाई हिमचितुवाको महत्वका बारेमा जानकारी गराउनुका साथै गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने विषयमा प्राविधिक ज्ञान, सीप प्रदान गरिएको स्नो लियोपार्ड कञ्जरभेन्सीका प्रतिनिधि पेमा गुरुङले बताउनुभयो । गुरुङ, एक्यापकी रेञ्जर धनु गुरुङ र थर्ड पोल कञ्जरभेन्सीकी जमुना प्रजापतिले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जनशान्ति मावि कागबेनी, लुप्रा आधारभूत विद्यालय, धवलागिरि आवासीय विद्यालय जोमसोम, जनहित मावि जोमसोम र जनकल्याण आधारभूत विद्यालय स्याङका शिक्षक विद्यार्थीले हिमचितुवाको चित्र प्रदर्शनीका साथै कविता वाचन गरेका थिए ।

मुस्ताङको ठिनी, छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा हिमचितुवाको बासस्थान रहेको छ । केही वर्षअघि गरिएको क्यामेरा ट्यापिङका क्रममा ठिनी क्षेत्रमा चार वटा हिमचितुवा भेटिएको थियो । भेडा, च्याङ्ग्रालगायत घरपालुवा बस्तुभाउमाथि आक्रमण गर्नेक्रमसँगै पछिल्लो समय मुस्ताङका कृषक र हिमचितुवाबीच बढेको द्वन्द्व हिमचितुवा संरक्षणका लागि चुनौती बनेको छ । द्वन्द्व न्यूनीकरणको उपाय पहिचान गरेर हिमचितुवा संरक्षणका लागि समुदायस्तरमा जनचेतनामूलक गतिविधि गरिएको मोडिफिकेशन जोमसोमका अध्यक्ष नीरज थकालीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : २१ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय