२०८२, ६ भाद्र शनिबार

हिमचितुवा संरक्षण अभियान

हिमचितुवा संरक्षण अभियान


ठिनी, ७ मङ्सिर : मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो ।

थर्ड पोल कञ्जरभेन्सी, रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) सँगको सहकार्यमा मोडिफिकेशन जोमसोमले समुदाय, विद्यालय र कृषिस्तरमा हिमचितुवा संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको छ । हिमचितुवा गणना, बासस्थानको पहिचान र संरक्षणका लागि गत हप्ता समुन्द्री सतहदेखि तीन हजार ५०० देखि चार हजार मिटरको उचाइमा अवस्थित लुप्राको लेकमा विद्यार्थी र संरक्षण शिक्षकलाई हिमचितुवाको गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने प्रविधिका बारेमा स्थलगत तालीम दिइएको छ ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १० जना विद्यार्थी र पाँच जना शिक्षकलाई हिमचितुवाको महत्वका बारेमा जानकारी गराउनुका साथै गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने विषयमा प्राविधिक ज्ञान, सीप प्रदान गरिएको स्नो लियोपार्ड कञ्जरभेन्सीका प्रतिनिधि पेमा गुरुङले बताउनुभयो । गुरुङ, एक्यापकी रेञ्जर धनु गुरुङ र थर्ड पोल कञ्जरभेन्सीकी जमुना प्रजापतिले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । जनशान्ति मावि कागबेनी, लुप्रा आधारभूत विद्यालय, धवलागिरि आवासीय विद्यालय जोमसोम, जनहित मावि जोमसोम र जनकल्याण आधारभूत विद्यालय स्याङका शिक्षक विद्यार्थीले हिमचितुवाको चित्र प्रदर्शनीका साथै कविता वाचन गरेका थिए ।

मुस्ताङको ठिनी, छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा हिमचितुवाको बासस्थान रहेको छ । केही वर्षअघि गरिएको क्यामेरा ट्यापिङका क्रममा ठिनी क्षेत्रमा चार वटा हिमचितुवा भेटिएको थियो । भेडा, च्याङ्ग्रालगायत घरपालुवा बस्तुभाउमाथि आक्रमण गर्नेक्रमसँगै पछिल्लो समय मुस्ताङका कृषक र हिमचितुवाबीच बढेको द्वन्द्व हिमचितुवा संरक्षणका लागि चुनौती बनेको छ । द्वन्द्व न्यूनीकरणको उपाय पहिचान गरेर हिमचितुवा संरक्षणका लागि समुदायस्तरमा जनचेतनामूलक गतिविधि गरिएको मोडिफिकेशन जोमसोमका अध्यक्ष नीरज थकालीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : २१ बजे

“इच्छा पूर्ण गरिदिने पाथीभरा देवीको जय होस् !

“इच्छा पूर्ण गरिदिने महान शक्ति स्वरूपा, माता पाथीभरा देवीको जय

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि

मन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, पर्यटन प्रवर्द्धनबारे चर्चा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको