२०८२, १३ माघ मंगलबार

काम प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काम प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


काठमाडौँ, ६ मङ्सिर: गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयअन्तर्गतका विभिन्न निकायका काम कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा मन्त्रालयको चालु आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका काम कारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुलाई दिइएको जिम्मेवारी इमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ ।” उहाँले गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएर सोही अनुरुप काम अघि बढिरहेको बताउनुभयो ।

“समिक्षाबाट निस्किएको सवलता र कमजोरीका आधारमा आफ्ना काम कारवाहीलाई थप परिस्कृत गर्दै लैजानुहोस्,” उहाँले भन्नुभयो । कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालयको काम कारवाही सही बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा गृहमन्त्रालय अन्तर्गतका निकायले हालसम्म गरेका काम कारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ३२ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै