२०८३, १७ आश्विन आईतबार

यसपटकको जलयात्रा मस्र्याङ्दी नदीमा

यसपटकको जलयात्रा मस्र्याङ्दी नदीमा


काठमाडौँ, ६ मङ्सिर: नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)द्वारा संयोजित १७ औँ संस्करणको अन्तर्राष्ट्रिय साहसिक जलयात्रा यसपटक मस्र्याङ्दी नदीमा आयोजना हुने भएको छ । ‘हिमालयन ह्वाइट वाटर च्यालेञ्ज’ नाम दिइएको सो साहसिक प्रतियोगिता आगामी मङ्सिर ८ देखि १० गतेसम्म सो नदीमा सञ्चालन हुनेछ । नाराले यस प्रकारको प्रतियोगिता सन् २००२ देखि नेपालका विभिन्न नदीमा सञ्चालन गर्दै आएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा कायक डाउन रिभर रेस, स्ट्रिम कायक सलमम, बोटरक्रस (हेड टू हेड) गरी तीन प्रकारका जलयात्रा हुने जानकारी दिइयो । तीनै प्रकारका प्रतियोगितामा महिला र पुरुष अलग अलग रुपमा रोमाञ्चकारी प्रतिस्पर्धामा रहनेछ । स्वदेशी तथा विदेशी गरी ३०० को सहभागिता हुने र तीमध्ये ६० प्रतिशत स्वदेशी तथा ४० प्रतिशत विदेशी जलयात्राका पारखी खरो रुपमा उत्रने आयोजकले जनाएका छन् । ती तीनै प्रकारका प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई प्रमाणपत्रसहित नगद क्रमशः रु ५०, ३० र २० हजारको व्यवस्था गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न करीब रु ५० लाख खर्च हुनेछ । नेपालका भोटेकोशी, सुनकोशी, कर्णाली तथा त्रिशूली नदी विश्वका उत्कृष्ट साहसिक जलयात्राका नदीअन्तर्गत पर्दछन् । प्रतियोगिताले नेपालको साहसिक जलयात्रा पर्यटनको विकास र प्रवद्र्धन गर्न कोशेढुङ्गाको काम गर्ने नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साहसिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग गरिराखेको छ ।” दु्रत तथा स्थिर गतिमा बग्ने नदीका छाल, न्यायोपानी तथा वातावरण, नदी आसपासका अकल्पनीय मनोरम दृश्यको रस्वासदन जलयात्राबाट उठाउन सकिन्छ । हाल अमेरिका, बेलायत, आइसल्याण्ड, जापान, इटली, टर्कीका देशमा नेपाली रिभर प्रदर्शक (गाइड) क्रियाशील रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : २५ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला