२०८२, २८ भाद्र शनिबार

मानवअधिकार उल्लङ्घनका ६४ घटना सार्वजनिक

मानवअधिकार उल्लङ्घनका ६४ घटना सार्वजनिक


कावासोती ६ मङ्सिर : नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए ।

बलात्कार तथा यौन दुव्र्यवहारका ३१ घटनामा २२ बालिका पीडित थिए तर तीमध्ये छ घटनाका आरोपीलाई नवलपुर जिल्ला अदालतले सफाइ दिएको थियो । घरेलु हिंसामा १४, राज्यबाट गिरफ्तारसम्बन्धी तीन, गैरराज्य पक्षबाट हत्या भएका ६, बहुविवाहसम्बन्धी तीन र मौलिक अधिकार, कुटपिट, एसिड प्रहार, मानव बेचबिखन, परिवारजनबाट हत्या प्रयास र भौतिक क्षतिसम्बन्धी एक÷एक घटना भएको उक्त संस्थाका जिल्ला प्रतिनिधि तीर्थराज डुमे्रले जानकारी दिनुभयो ।

नागरिक समाज, राजनितिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानवअधिकार उल्लङ्घनका घटना कम गर्न सकिने प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । चेतनाको कमीले केही घटना प्रहरीमा ढिला गरी आउने गरेकाले कारवाही प्रक्रियामा समस्या हुने गरेको उहाँले बताउनुभयो । मानवअधिकार सञ्जाल नवलपुरका अध्यक्ष भूपेन्द्र खनालले पीडितपक्षको उजुरी प्रहरीले सहज रूपमा लिने वातावरण सिर्जना गर्न सके यस्ता घटनामा कमी हुनेमा जोड दिनुभयो ।
–––

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  १० : १९ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान