२०८३, १७ आश्विन आईतबार

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु


भद्रपुर ५ मङ्सिर : झापा मेचीनगर नगरपालिका–१२ मा आज साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बिर्तामोड–५ का २७ वर्षीया मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्रीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको वा६९प ७९९४ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आइरहेको मे१०प ६६६४ नंको स्कुटर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने काठमाडौँ जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ९ : ४३ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला