२०८२, १४ माघ बुधबार

नेपालको इतिहासमै पहिलो घटना : गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले खाए विष

नेपालको इतिहासमै पहिलो घटना : गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले खाए विष


काठमाडौँ, ५ मंसिर :  माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भएका एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि विष सेवन गरेका छन् ।

बुधवार गृहमन्त्री थापालाई भेट्न गृह मन्त्रालय पुगेको कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् । गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए ।

भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरियो ।

गृह मन्त्रालय स्रोतका अनुसार भट्टराई बाहिरबाटै पनि विष पिएर गृह मन्त्रालय पुगेका थिए । उनले गृहमन्त्रीसँग भेट्ने समय पाएर कुरा गर्दा पनि स्पष्टसँग बोल्न सकेका थिएनन् । गृहमन्त्रीसँग भेटेको करिब २ मिनटमै उनले सोफामा बसेकै बेला विष सेवन गरेका स्रोतले बतायो ।

वीर अस्पताल स्रोतका अनुसार भट्टराईले साइपरमेथ्रिन नामक विष सेवन गरेका छन् । उनको अहिले उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : ४५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै