२०८३, १७ आश्विन आईतबार

संसारकै छोटो विवाह, १५ मिनेट भित्रै सम्बन्ध विच्छेद

संसारकै छोटो विवाह, १५ मिनेट भित्रै सम्बन्ध विच्छेद


काठमाडौं ५ मंसीर :  भनिन्छ विवाह सात जन्मको पवित्र बन्धन हो । तर यो भनाइ प्रत्येक ठाँउ र सबैमा लागु हुनै पर्छ भन्ने छैन। केहि मानिसको विवाह धेरै दिन सम्म नटिक्न पनि सक्छ। पछिल्लो समय दुबईका एक जोडि यहि बिषयको चर्चामा रहेका छन्।

दुबईका यी जोडिको विवाह सम्बन्ध १५ मिनेटसम्म मात्र टिकेको थियो । यो संसारकै सबैभन्दा छोटो विवाह सम्बन्ध रहेको मानिसहरुले दावि गरेका छन् । विवाहको १५ मिनेटपछि सम्बन्ध विच्छेद भएको थियो ।

विवाहको मिति तय भएपछि बेहुला र बेहुलीको बाबुहरुबीच एक सम्झौता भएको थियो । जसमा विवाह पछि केटा पक्षले केटि पक्षलाई एक लाख दिराम दिनुपर्ने भयो। केटाले सो रकम दुई किस्तामा दिने बताएको थियो। ५० हजार दिराम विवाहको क्रम अदातलमा दिने र ५० हजार विवाह प्रकृया सकिएपछिअदालतको बाहिर ।

बेहुलाले पहिलो किस्ता विवाहको क्रममा दियो । हाँसी खुशी विवाह भयो। विवाहपछि केटा अदालतबाट वाहिर निस्कियो तब केटिका बाबुले पैसा मागे। केटा भन्यो ‘पैसा गोजिमा बोकेर हिड्या छैन। गाडिमा राखेको छु ५ मिनेट पछि दिन्छु।’ केटिका बाबुलाई खपिनसक्नुभयो र भने ‘यहि ल्याएर दिनुहोस्, चाहे कसैसँग मागेर दिनुहोस् तर मलाई अहिले यहि चाहियो।’

ससुराको यो जवाफले ज्वाईलाई सहिसक्नु भएन। बाकि नातेदार पनि त्यहा पुगे बेहुलालई अपमानित महसूस हुन थाल्यो। उ गाडिमा भएको पैसा ल्याउनुको सट्टा अदालत भित्र गयो र श्रीमतिसँग सम्बन्ध विच्छेद गर्‍यो। यी सबै प्रकृया हुन १५ मिनेट लागेको थियो। यसरी यसलाई संसारकै सबैभन्दा छोटो सम्बन्धको उपमा दिइयो ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : १३ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला