२०८३, ६ बैशाख सोमबार

जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद


गाईघाट ५ मङ्सिर उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ ।

जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो ।

असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए । असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।  रासस

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  १० : ४४ बजे

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख