२०८३, ७ कार्तिक शनिबार

रु ८१ हजार सहित चार जुवाडे पक्राउ

रु ८१ हजार सहित चार जुवाडे पक्राउ


दमौली, ५ मङ्सिर : प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् ।

मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिनुभयो । उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ । पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ९ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना