२०८२, २८ भाद्र शनिबार

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक


पोखरा, ४ मङ्सिर: पोखराको पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग चीनको हाइनान प्रान्तअन्तर्गत आइकाओ नगरपालिकाको चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङ्ग नेतृत्वको टोलीले आज भेट गरी उक्त इच्छा जाहेर गरेको हो ।

पोखराको भ्रमणमा आउनुभएका चीन आइकाओ शहरका व्यवसायीको ११ सदस्यीय उक्त टोलीले राजनीतिक स्थिरतासँगै नेपालमा लगानीको वातावरण सृजना भएपछि पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि, शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छा देखाएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो । “पोखरा पर्यटनको केन्द्र हो, लगानीका लागि वातावरण निर्माण गर्न महानगर तयार छ”, उहाँले भन्नुभयो, “पोखरा महानगर र हाइकाओसँग भगिनी सम्बन्ध स्थापना भएको छ ।”

पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न हामी इच्छुक छौँ, त्यसका लागि लगानीको वातावरण चाहन्छौँ भेटका अवसरमा चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङले भन्नुभयो । दुवै शहरका स्थानीय उत्पादन आदान प्रदान गरेर बजारीकरण गर्न सकिनेमा उहाँको जोड थियो । पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग पनि टोलीले लगानीका बारेमा छलफल गर्ने छ । पोखरामा पछिल्लो समय चीनका विभिन्न शहरका प्रमुख र व्यवसायीको भ्रमण बढेसँगै उनीहरुले पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न आकर्षण बढेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ५१ बजे

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ

काठमाडौं । सँधै चाडपर्वको मुखमा पर्यटक र स्थानीयले भरिभराउ हुने