२०८३, ३१ जेष्ठ सोमबार

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

पोखरामा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक


पोखरा, ४ मङ्सिर: पोखराको पर्यटन र औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग चीनको हाइनान प्रान्तअन्तर्गत आइकाओ नगरपालिकाको चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङ्ग नेतृत्वको टोलीले आज भेट गरी उक्त इच्छा जाहेर गरेको हो ।

पोखराको भ्रमणमा आउनुभएका चीन आइकाओ शहरका व्यवसायीको ११ सदस्यीय उक्त टोलीले राजनीतिक स्थिरतासँगै नेपालमा लगानीको वातावरण सृजना भएपछि पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि, शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छा देखाएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो । “पोखरा पर्यटनको केन्द्र हो, लगानीका लागि वातावरण निर्माण गर्न महानगर तयार छ”, उहाँले भन्नुभयो, “पोखरा महानगर र हाइकाओसँग भगिनी सम्बन्ध स्थापना भएको छ ।”

पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न हामी इच्छुक छौँ, त्यसका लागि लगानीको वातावरण चाहन्छौँ भेटका अवसरमा चाइना चेम्बर अफ इन्टरनेशनल कमर्शका उपाध्यक्ष चेनहोङ लिङले भन्नुभयो । दुवै शहरका स्थानीय उत्पादन आदान प्रदान गरेर बजारीकरण गर्न सकिनेमा उहाँको जोड थियो । पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग पनि टोलीले लगानीका बारेमा छलफल गर्ने छ । पोखरामा पछिल्लो समय चीनका विभिन्न शहरका प्रमुख र व्यवसायीको भ्रमण बढेसँगै उनीहरुले पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न आकर्षण बढेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ५१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क