२०८२, १ माघ बिहीबार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


राँझा, ४ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको गाउँपालिका हो । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्तीलाई इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने गर्दछन् ।

स्थानीय तहले आवश्यकताअनुसार बिदा दिन सक्ने व्यवस्थाअनुसार नरैनापुर गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, खजुरा र जानकी गाउँपालिकामा पनि मुस्लिम समुदायले मोहम्मद डे मनाउने गर्दछन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ३६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा