२०८३, १७ आश्विन आईतबार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


राँझा, ४ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको गाउँपालिका हो । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्तीलाई इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने गर्दछन् ।

स्थानीय तहले आवश्यकताअनुसार बिदा दिन सक्ने व्यवस्थाअनुसार नरैनापुर गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, खजुरा र जानकी गाउँपालिकामा पनि मुस्लिम समुदायले मोहम्मद डे मनाउने गर्दछन् ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ३६ बजे

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले

कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार