२०८३, ३१ असार बिहीबार

आगलागीबाट रु एक करोड क्षति

आगलागीबाट रु एक करोड क्षति


उर्लाबारी, ४ मङ्सिर: मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताउनुभयो ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उहाँको रु एक लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ । दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ३३ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित