२०८३, १७ आश्विन आईतबार

बिष बन्दै एन्टिबायोटिक

बिष बन्दै एन्टिबायोटिक


काठमाडौं ,मंसिर ४ : बिरामीले डाक्टरसँग सजिलै एन्टिबायोटिक्स लेखिदिन आग्रह गर्ने र डाक्टरले पनि सजिलै मान्ने गर्दा यसको दुरुपयोग बढेको छ। यस्तो प्रवृत्तिप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले आवश्यक मात्रामा अनुमगन गर्न नसकेका कारण पनि यस्तो अवस्था सिर्जना भएको स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको भनाइ छ।

‘एन्टिबायोटिक्सको जथाभावी प्रयोगबारे अनुगमन गर्न सकिएको छैन’, उनले भने, ‘अब प्रभावकारी अनुमगनमा जानुपर्छ।’ मान्छे मात्र होइन माछा, कुखुरादेखि सुँगुरसम्म एन्टिबायोटिक्सको अव्यवस्थित प्रयोग हुने गरेको गुनासो बढेको छ।सरकारको फितलो अनुगमन, छानबिन र कारबाहीबाट उन्मुक्ति, छिटो निको हुने बिरामीको चाहना, डाक्टरको हेलचेक्र्याइँलगायत कारणले एन्टिबायोटिक्स औषधिको दुरुपयोग बढेको हो। प्रयोगशालामा परीक्षण नगरी एन्टिबायोटिक्स औषधि लिने प्रवृत्ति छ।

‘जथाभावी एन्टिबायोटिक्स सेवनले भयावह स्थिति निम्त्याउँदै छ’, मन्त्रालयका प्रमुख अस्पताल प्रशासक डा. दीपेन्द्ररमण सिंहले भने। औषधि पसल एवं क्लिनिकले पनि चिकित्सकको सिफारिसबिनै एन्टिबायोटिक्स दिने गर्दा समस्या बढेको उनको भनाइ छ। क्षयरोग, टाइफाइड, आउँलगायत रोग लाग्दा सेवन गरिने एन्टिबायोटिक्स प्रभावहीन हुन पुगेको उनले जानकारी दिए।

कृषि एवं पशुपन्छीमा समेत जथाभावी रूपमा एन्टिबायोटिक्स प्रयोग हुँदा पनि स्वास्थ्यमा असर पारिरहेको छ। मुलुकभर १५ हजारभन्दा बढी एग्रोभेट छन्। बढी नाफा कमाउने उद्देश्यले पशुपन्छीको दानामा समेत एन्टिबायोटिक्स प्रयोग गर्ने प्रवृत्ति छ। ‘पशुपन्छीमा पनि एन्टिबायोटिक्सको प्रयोग भइरहेको छ’, पशुसेवा विभागकी उपमहानिर्देशक सम्झना काफ्लेले भनिन्, ‘औषधि बिक्रेतालाई तालिम दिन पनि सकिएको छैन। अनुगमन पनि हुन सकेको छैन।’कृषि, पोल्ट्री फार्म र माछामा समेत एन्टिबायोटिक्सको प्रयोग गर्ने गरिएको छ। ‘कुखुरालाई रोगबाट बचाउन एन्टिबायोटिक्स दिने र अलिकति निको हुनेबित्तिकै बजार ल्याउने प्रवृत्ति छ’, उनले भने, ‘यसको नकारात्मक असर मानव स्वास्थ्यमा पर्ने गरेको छ।’

स्वदेशमा उत्पादित र विदेशबाट आयात गरी कति एन्टिबायोटिक्स खपत हुन्छ भन्नेबारे सरकारसँग आधिकारिक तथ्यांक छैन। ‘खुला सिमानाका कारण कति परिमाणमा एन्टिबायोटिक्स आउँछ र कति प्रयोग भइरहेको छ भनेर यकिन गर्न गाह्रो छ’, स्वास्थ्य राज्यमन्त्री डा. यादवले भने। त्यसैले मन्त्रालयले एन्टिबायोटिक्सको जथाभावी प्रयोग घटाउन कार्ययोजना बनाउन लागेको उनले जानकारी दिए। ‘नीतिनियम बनाएर मात्र हुँदैन। त्यसलाई तल्लो तहसम्म कार्यान्वयन गराउनु महत्वपूर्ण हुन्छ’, उनले भने।जीवाणुप्रतिरोधी संक्रमणका कारण हरेक वर्ष विश्वमा सात लाख व्यक्तिको मृत्यु हुने गरेको अनुमान छ। यही अवस्था रहे सन् २०५० सम्म बर्सेनि एक करोड मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको अनुमान छ।

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ०५ बजे

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले

कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार