२०८३, ६ बैशाख सोमबार

यूवतीको आत्महत्या नभइ हत्या भएको परिवारको दाबी : भिडियो सहित हेर्नुहोस्

यूवतीको आत्महत्या नभइ हत्या भएको परिवारको दाबी : भिडियो सहित हेर्नुहोस्


बनेपा ३ मंंसीर बनेपाको आईटीपार्क नजिकै अर्धनग्न अवस्थामा मृत फेला परेकी २१ वर्षीया युवतीको आत्महत्या नभई हत्या भएको परिवार आशंका गरेको छ ।

रूखमा झुन्डिएको अवस्थामा सुधा केसीको शव फेला परेपछि परिवारले हत्या भएको दाबी गरेको हो । बिहानै छोरीलाइ कसैले बोलाएर लगेर हत्या गरी झूड्यएको हुनसक्ने परिवारले दावि गरेका छन् ।

मृतक केसीकी आमाले भनिन ‘छोरीले बेलुका घरमै बसेर पढ्ने मलाई क्याम्पसमा भर्न मात्र गरिदिनु भनेकी थिए, तर विहान उठेर क्याम्पस जाने भनेपछि मैले आज क्याम्पस नजा भनेकी थिएँ छोरीले मानिन, त्यसपछि हामीलाई खबर नै नगरी घरबाट फुत्त निक्लेकी थिई, निक्लीएको आधा घण्टामै खोजी गर्दा झुण्डिएको अवस्थामा फेला शव भेटियो ।’

मृतकले बाहिरी सबै कपडा फुकालेर रुखको फेदमा राखी भित्री बस्त्र मात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

युवतीको शव घरबाट तीन सय मिटरको दुरीमा रुखमा अर्धनग्न अवस्थामा झुण्डिएको शव फेला परेको थियो । पनौती नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी मृतक युवती काभ्रे क्यामपसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : ३८ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव