२०८३, ७ कार्तिक शनिबार

यूवतीको आत्महत्या नभइ हत्या भएको परिवारको दाबी : भिडियो सहित हेर्नुहोस्

यूवतीको आत्महत्या नभइ हत्या भएको परिवारको दाबी : भिडियो सहित हेर्नुहोस्


बनेपा ३ मंंसीर बनेपाको आईटीपार्क नजिकै अर्धनग्न अवस्थामा मृत फेला परेकी २१ वर्षीया युवतीको आत्महत्या नभई हत्या भएको परिवार आशंका गरेको छ ।

रूखमा झुन्डिएको अवस्थामा सुधा केसीको शव फेला परेपछि परिवारले हत्या भएको दाबी गरेको हो । बिहानै छोरीलाइ कसैले बोलाएर लगेर हत्या गरी झूड्यएको हुनसक्ने परिवारले दावि गरेका छन् ।

मृतक केसीकी आमाले भनिन ‘छोरीले बेलुका घरमै बसेर पढ्ने मलाई क्याम्पसमा भर्न मात्र गरिदिनु भनेकी थिए, तर विहान उठेर क्याम्पस जाने भनेपछि मैले आज क्याम्पस नजा भनेकी थिएँ छोरीले मानिन, त्यसपछि हामीलाई खबर नै नगरी घरबाट फुत्त निक्लेकी थिई, निक्लीएको आधा घण्टामै खोजी गर्दा झुण्डिएको अवस्थामा फेला शव भेटियो ।’

मृतकले बाहिरी सबै कपडा फुकालेर रुखको फेदमा राखी भित्री बस्त्र मात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

युवतीको शव घरबाट तीन सय मिटरको दुरीमा रुखमा अर्धनग्न अवस्थामा झुण्डिएको शव फेला परेको थियो । पनौती नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी मृतक युवती काभ्रे क्यामपसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना