२०८२, १ माघ बिहीबार

विभिन्न देशका भिक्षु लुम्बिनीमा

विभिन्न देशका भिक्षु लुम्बिनीमा


रुपन्देही, ३ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि शुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन विभिन्न देशका भिक्षु तथा लामा आज लुम्बिनीमा भेला भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको भद्रचार्य उत्सवमा सहभागी हुन नेपाल, भारतलगायत देशका भिक्षु, भिक्षुणी तथा लामाहरू लुम्बिनी आएका हुन् ।

हिमाली बौद्ध समुदायको शाक्यपा सम्प्रदायले गर्ने मोन्लाम (विश्व शान्ति) पूजालाई सबैभन्दा ठूलो पूजा मानिन्छ तर मोन्लम पूजा गत वर्ष लुम्बिनीमा आयोजना हुन नसकेपछि त्यस्तै प्रकारको विश्वशान्ति पूजा यसपालि भद्रचार्य मोन्लम फाउण्डेशन नेपालले आयोजना गरेको फाउण्डेशनका सदस्य निमा लामाले जानकारी दिनुभयो ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति हुनेछ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुने फाउण्डेशनले जनाएको छ । सत्व प्राणीहरूको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : ३२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा