२०८२, १३ माघ मंगलबार

‘सङ्घीयता धरापमा पारियो’: डा कोइराला

‘सङ्घीयता धरापमा पारियो’: डा कोइराला


फिक्कल, ३ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाउनुभएको छ । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो ।”

नेता कोइरालाले सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयता विरुद्धमा रहेको देखाएको बताउनुभयो । उहाँले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रदेश नं १ का मुख्य सचेतक केदार कार्की, पूर्वसांसद केशव थापा, नेका इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक सङ्घ प्रदेश नं १ का अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न जनतालाई पनि आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : २४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै