२०८३, १७ आश्विन आईतबार

पाल्पामा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

पाल्पामा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते


बेझाड, पाल्पा, ३ मङ्सिर : पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु२च ५०३५ नंको जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ८ : ५९ बजे

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनमा शीर्ष नेताको जमघट

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राजधानीको खुलामञ्चमा सुरु भएको

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश