२०८२, २२ जेष्ठ बिहीबार

उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’

उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’


काठमाडौं, मंसिर ३ : आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनपछि मेटिनेछ । भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको शाखाका कार्यालयमा मन्त्रिपरिषदको निर्णय विरुद्ध हस्ताक्षर संकलन गर्दै कर्मचारीहरु । यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपति नन्दबहादुर पुनको निवास र कार्यालय बनाइँदैछ। बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारले गरिरहेको छ।

परिषदका उपाध्यक्ष र कर्मचारी भने सरकारको निर्णयप्रति असन्तुष्ट छन्। सेवाको भावबाट उत्प्रेरित संस्थाको उठिबास लगाउन खोजिएको भन्दै उनीहरूले दिनहुँ विरोध जनाइरहेका छन्। परिषद् उपाध्यक्ष नीलमणि बरालले दस्तावेज लगेर राख्ने ठाउँ नभएकाले यहाँबाट नसर्ने बताएका छन्।‘कर्मचारीलाई कहाँ लाने? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने? सडकमा फाल्नुभएन,’ उनले भने, ‘हजारौं चन्दादाताको सहयोगबाट यो भवन बनाइएको हो। यो इतिहास बोकेको संस्था हो, हामी यहाँबाट सर्दैनौं।’ सहरी विकास मन्त्रालयका अधिकारीले भवनमा अहिले रंगरोगन भइरहेको भन्दै परिषदका कर्मचारीले अवरोध गरे प्रहरी लगाएर पनि हटाइने बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

परिषद् खारेज गर्ने हल्ला चलाएर सरकारले त्रास फैलाएको उनले बताए। भदौ २१ गते मन्त्रिपरिषद्ले २९ रोपनी क्षेत्रफल ओगटेको परिषद् कार्यालयमा उपराष्ट्रपति कार्यालय बनाउने निर्णय गरेपछि परिषद् कर्मचारी रनभुल्ल छन्। ‘यहाँबाट हटाउने भनिएको छ, कहाँ लानेसमेत भनिएको छैन,’ परिषदका एक कर्मचारीले भने, ‘सेवा भावले जन्मिएको संस्थालाई विकल्प पनि नदिई हटाउन खोज्ने?’

सुरुमा रुसी दूतावास बनाउन भनी सरकारले दूतावासकै नाममा यो जग्गा खरिद गरेको थियो। तर, राजदरबार नजिक दूतावास खोल्न रोक लगाएर सरकारकै नाममा सारिएको थियो। अहिले यो जग्गा अर्थ मन्त्रालयको नाममा छ। अर्थको नाममा भए पनि समाज कल्याणले पाएपछि चन्दा उठाएर यसमा भवन बनाइएको थियो।सहरी विकास मन्त्रालयले तीन दिनभित्र भृकुटीमण्डपमा कार्यालय व्यवस्थापन गर्न निर्देशन दिए पनि बराल त्यहाँ नजाने बताउँछन्। ‘त्यो जग्गा पनि परिषदको होइन, सरकारको हो। भोगाधिकारमात्र परिषदको हो, भोलि त्यहाँबाट पनि हटाए कहाँ जाने?’ उनले भने, ‘लालपुर्जा परिषदको नाममा दिएछ भनेमात्र जान्छौं।’ मन्त्रालयले परिषद्लाई सर्न तीनदिने निर्देशन दिएको सात दिन भइसकेको छ।

मन्त्रालयले भने परिषदको तत्काल पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिमा व्यवस्थापन गर्ने जनाएको छ। ‘बाल कल्याण समितिको घर ४ तले छ, त्यसमै व्यवस्थापन गर्छौं। खाली गर्न पनि निर्देशन दिइसकिएको छ,’ सहरी विकास मन्त्रालयका एक अधिकारीले भने,‘बाल कल्याणको कार्यालय महिला विभागमा सारिन्छ।’महिला विभाग खारेज भएकाले त्यो ठाउँ खाली भएको उनले बताए। त्यसका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग छलफल गरेर निर्णय भइसकेको उनले बताए।

भवनको मुख्य गेटमै बगैंचा छ। तीनतले भवनमा सानाठूला करिब ५० कोठा छन्। २ सय जना अट्ने एउटा ठूलो सभा हल, २०–२५ जना अट्ने दुईवटा मझौला सभाकक्ष छन्। २०४२ सालमा काम थालेर २०४५ मा बनेको यो भवन बनाउन ३ करोड ३५ लाखभन्दा बढी लागेको बरालले बताए। विभिन्न जिल्लाका हजारौं चन्दादाताबाट संकलित रकमले उक्त भवन निर्माण गरिएको हो। १० हजारभन्दा बढी चन्दा दिने सय चन्दादाताको नाम लेखिएको शिलालेख परिषद् परिसरमै राखिएको छ। सामाजिक काममा सक्रिय रहेका परिषद् मातहतका ४८ हजार गैरसरकारी संस्था र २ सय ३० अन्तर्राष्ट्रिय दातृसंस्थाका विभिन्न कामसमेत त्यहींबाट हुँदै आएको उपाध्यक्ष बरालले बताए।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ६ : ५४ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक