२०८२, १३ माघ मंगलबार

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह


बर्दिवास, २ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा आज निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षालाई उत्पादन र उत्पादनलाइ समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिने बताउनुभयो ।

मन्त्री पोखरेलले बर्दिवास नगरवासीलाइ अपिल गर्दै भन्नुभयो, “तपाईंहरु प्राविधिक शिक्षाको पठनपाठनको व्यवस्थापनमा जुट्नुहोस् ।” मुलुकमा शिक्षाको मात्रात्मक विकास मात्रै भएको उल्लेख गर्दै मन्त्री पोखरेलले अगाडि भन्नुभयो, “अब यसले पुग्दैन, गुणात्मक शिक्षातर्फ अग्रसर हुनुहोस् ।” श्रमलाई सीप, सीपलाई शिक्षा र प्रविधिसँग जोडे मात्र मुलुकमा समृद्धि आउने मन्त्री पोखरेलको थप भनाइ थियो ।

सामुदायिक विद्यालयको अवस्था खस्किएकाले अब यसलाई उकास्न स्थानीय पहलकदमी बढ्नपर्ने पोखरेलको भनाइ छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना नगरे अब स्थानीय तह पनि कारवाहीको भागिदार हुने मन्त्री पोखरेलले स्थानीय प्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । नयाँ सञ्चालनमा आएको बर्दिवास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले प्रदेश नं २ कै प्रतिनिधित्व गर्ने र दक्षजनशक्ति उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

यस शिक्षालयमा पाँच विषयमा पठनपाठनको व्यवस्था गरिएको शिक्षालयका प्रमुख दुःखीराम महराले जानकारी दिनुभयो । डिप्लोमा सिभिल इञ्जीनियर, सर्भे इञ्जीनियर, वन विज्ञान, होटेल म्यानेजमेण्ट, डिप्लोमा फुड एण्ड डेरी टेक्नोलोजी पठनपाठन हुने प्रमुख महराको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ९ : ५९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै