२०८२, ७ भाद्र आईतबार

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता


काठमाडौँ, २ कात्तिक : कार्य क्षेत्रलाई कामदारमैत्री, स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अगाडि बढ्नुपर्नेमा सम्बन्धीत निकायका सरोकारवालाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घले यहाँ आज आयोजना गरेको ‘कार्यक्षेत्रमा कामको सुधारात्मक अवस्था’ विषयक नीतिगत छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्रै उत्पादन बढ्ने भएकाले त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो । सह–सचिव घिमिरेले सरकारले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनमा देशका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य भरतराज आचार्यले कार्यक्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै पछिल्लो समयमा कार्यक्षेत्र कामदार मैत्री बन्दै गएको र उद्योगले श्रमिकलाई पूँजीका रुपमा हेर्न थालेका छन् भन्नुभयो ।

नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष दिपक पौडेलले श्रम र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । अखिल नेपाल टे«य युनियन महासङ्घका उप–महासचिव प्रकाश श्रेष्ठले औद्योगिक हिसाबले केही सुधार भएपनि कानूनमा उल्लेख भएअनुसार कार्यान्वय हुन नसकेको गुनासो गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ९ : १६ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार