२०८३, १७ आश्विन आईतबार

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता

कार्यक्षेत्र कामदारमैत्री बनाउन साझा प्रतिबद्धता


काठमाडौँ, २ कात्तिक : कार्य क्षेत्रलाई कामदारमैत्री, स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अगाडि बढ्नुपर्नेमा सम्बन्धीत निकायका सरोकारवालाले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घले यहाँ आज आयोजना गरेको ‘कार्यक्षेत्रमा कामको सुधारात्मक अवस्था’ विषयक नीतिगत छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव रामप्रसाद घिमिरेले श्रमिकले उचित वातावरण पाएमात्रै उत्पादन बढ्ने भएकाले त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो । सह–सचिव घिमिरेले सरकारले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३३ वटा प्रतिष्ठानमा गरेको अनुगमनमा देशका १० वटा प्रतिष्ठानमा औद्योगिक दुर्घटना भएको पाइएको पनि जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य भरतराज आचार्यले कार्यक्षेत्रलाई स्वस्थ र सुरक्षित बनाउने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै पछिल्लो समयमा कार्यक्षेत्र कामदार मैत्री बन्दै गएको र उद्योगले श्रमिकलाई पूँजीका रुपमा हेर्न थालेका छन् भन्नुभयो ।

नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष दिपक पौडेलले श्रम र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । अखिल नेपाल टे«य युनियन महासङ्घका उप–महासचिव प्रकाश श्रेष्ठले औद्योगिक हिसाबले केही सुधार भएपनि कानूनमा उल्लेख भएअनुसार कार्यान्वय हुन नसकेको गुनासो गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ९ : १६ बजे

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनमा शीर्ष नेताको जमघट

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राजधानीको खुलामञ्चमा सुरु भएको

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश