२०८२, २४ मंसिर बुधबार

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही


रारा, २ मङ्सिर :कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पु¥याएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो नदेखाएको आरोप लगाउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री शाहीले नाग्म–गमगढी–रारा तथा नाग्म–गमगढी–नाक्चे लाग्ना सडकका लागि विश्व बैंक, बेलायती विकास सहयोग नियोगलगायत अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने चासो देखाएको जानकारी दिनुभयो । सङ्घीय सरकारसँगको विस्तृत छलफल गराई सङ्घीय सरकारको अनुमति पाउनेबित्तिकै विश्व बैंकले सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाउने शाहीले बताउनुभयो ।

राराको पर्यटन विकासका लागि निकुञ्ज पनि बाधक देखिएकाले यसका लागि प्रदेश सरकारले राष्ट्रिय निकुञ्ज नियमावली बनाउन पहल गर्ने र नियमावली बनि सकेपछि रारामा बन्ने अन्तर्राष्ट्रिय मापदण्डका सुविधा सम्पन्न होटेल खुल्न सहज हुने उहाँले बताउनुभयो । सुविधा सम्पन्न होटेल तथा पूर्वाधार विकासका लागि सबैभन्दा पहिले मुगु र मध्यवर्ती क्षेत्रका स्थानीयवासीको शेयर लगानी गर्ने र स्थानीयलाई फाइदा पुग्ने गरी मात्र प्रदेश सरकारले पर्यटन विकासको काम गर्ने मुख्य मन्त्री शाहीको दाबी छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ८ : ३८ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल