२०८२, ७ भाद्र आईतबार

रु एक लाखकोे खुकुरी, हेर्नेको भीड

रु एक लाखकोे खुकुरी, हेर्नेको भीड


बागलुङ, २ मङ्सिर : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताउनुभयो । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आउनुभएको हो । उहाँले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राख्नुभएको छ ।

विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आउनुभएका विकले भन्नुभयो, “मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु ं एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।” छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उहाँ स्टल लिनुहुन्छ । आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भन्नुभयो, “महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् । ”

फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उहाँको भनाइ थियो । विकलाई व्यवसायमा उहाँकी श्रीमती सरिताले पनि साथ दिँदै आउनुभएको छ । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् । सबै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुने गरेको विक बताउनुहुन्छ । “आरन हाम्रो पुख्र्यौली पेशा हो” विकले भन्नुभयो, “अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।” विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्नुहुन्छ । उहाँहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।

‘बुबासँग काम गर्दै यो पेशा सिकँे’ विकले भन्नुभयो, “व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।” आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल हुनुभएको हो । बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताउनुभयो । उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ५ : ४१ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार