२०८३, ३१ असार बिहीबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित

राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित


काठमाडौँ, १ मङ्सिर : राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित आज सम्मानित हुनुभएको हो ।

राष्ट्रकवि घिमिरेले साहित्यमा पु¥याउनुभएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उहाँलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो । “राष्ट्रकवि घिमिरेका कविताको जति प्रशंसा गरे पनि सकिँदैन”, उहाँले भन्नुभयो । सुदुरपश्चिम क्षेत्रमा रहेको प्रतिष्ठानले राष्ट्रका लागि योगदान पु¥याउने सर्जकलाई यस पुरस्कारबाट निरन्तर सम्मानित गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा सुदूरपश्चिम क्षेत्र देशकै लागि संस्कृतिको उद्गम स्थल रहेको राष्ट्रकवि घिमिरेले बताउनुभयो । प्रतिष्ठानले प्रदान गरेको सम्मानप्रति उहाँले हर्ष व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले राष्ट्रकवि घिमिरेको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । सोही क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले सर्जकलाई प्रदान गरिने यस्ता पुरस्कारले थप हौसला मिल्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ८ : ५१ बजे

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न