२०८२, १७ मंसिर बुधबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित

राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित


काठमाडौँ, १ मङ्सिर : राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित आज सम्मानित हुनुभएको हो ।

राष्ट्रकवि घिमिरेले साहित्यमा पु¥याउनुभएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उहाँलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो । “राष्ट्रकवि घिमिरेका कविताको जति प्रशंसा गरे पनि सकिँदैन”, उहाँले भन्नुभयो । सुदुरपश्चिम क्षेत्रमा रहेको प्रतिष्ठानले राष्ट्रका लागि योगदान पु¥याउने सर्जकलाई यस पुरस्कारबाट निरन्तर सम्मानित गरिने उहाँले बताउनुभयो ।

सो अवसरमा सुदूरपश्चिम क्षेत्र देशकै लागि संस्कृतिको उद्गम स्थल रहेको राष्ट्रकवि घिमिरेले बताउनुभयो । प्रतिष्ठानले प्रदान गरेको सम्मानप्रति उहाँले हर्ष व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले राष्ट्रकवि घिमिरेको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । सोही क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले सर्जकलाई प्रदान गरिने यस्ता पुरस्कारले थप हौसला मिल्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ८ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी