२०८३, ५ बैशाख आईतबार

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ


इनरुवा, १ मङ्सिर: सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक नीरन थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–६ श्रीपुरजब्दी धताटोलबाट विवेक यादव र मोटरसाइकल चालक सुमितकुमार गोइतलाई पक्राउ गरेको छ ।

जाँचका क्रममा उनीहरुलार्ई पेस्तोलसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । बिआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा मुखियालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मुखियाको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान मोबाइल, चाँदीको ब्रस्लेट, चाँदीको सिक्री र केही नगद बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । यता सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकरीले पक्राउ परेकाको विषयमा पुष्टि गर्नुहँुदै पक्राउ परेका तीनैजना सशस्त्र प्रहरीको नियन्त्रणमा रहेकाले घटनाको विषय बुझ्ने कार्य भइरहेको प्रतिक्रिया दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ३५ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव