२०८२, ८ फाल्गुन शुक्रबार

प्रतिबद्धता पूरा गरेरै छोड्छौं : मन्त्री अधिकारी

प्रतिबद्धता पूरा गरेरै छोड्छौं : मन्त्री अधिकारी


बलेवा, २ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताउनुभएको छ ।

बागलुङको बडिगाड गाउँपालिकामा आजदेखि शुरु भएको प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को उदघाटन गर्दै उहाँले विगतका सरकार सञ्चालकले सरकार सञ्चालनमा बनाइएका खाल्डा पुर्दै जाँदा जनताका बीचमा गरेका प्रतिबद्धताअनुरुप काम गर्न समय लागेको बताउनुभयो ।

देशमा सङ्घीय गणतन्त्रको स्थापनासँगै समृद्धिको ढोका खुलेको भन्दै मन्त्री अधिकारीले विगतका सरकारले जस्तो छ महिना वा नौ महिनामा परिणाम देखाउने नभई दीर्घकालीन परिणाम देखाउने गरी वर्तमान सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

आर्थिक वृद्धिदर ९ प्रतिशत र पर्यटकको सङ्ख्यामा ३०.५० प्रतिशतले वृद्धि गरेको भन्दै उहाँले अधिकारीले अबको पाँच वर्षमा मुलुकले मुहार फेर्ने दाबी गर्नुभयो । बागलुङको पश्मिक्षेत्रका पर्यटकीय स्थलहरु ढोरपाटन, चमेरे गुफा र धनपतिको मन्दिरलगायतका क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने अधिकारीको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ६ : ५१ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको