२०८२, २४ भाद्र मंगलबार

प्रतिबद्धता पूरा गरेरै छोड्छौं : मन्त्री अधिकारी

प्रतिबद्धता पूरा गरेरै छोड्छौं : मन्त्री अधिकारी


बलेवा, २ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताउनुभएको छ ।

बागलुङको बडिगाड गाउँपालिकामा आजदेखि शुरु भएको प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को उदघाटन गर्दै उहाँले विगतका सरकार सञ्चालकले सरकार सञ्चालनमा बनाइएका खाल्डा पुर्दै जाँदा जनताका बीचमा गरेका प्रतिबद्धताअनुरुप काम गर्न समय लागेको बताउनुभयो ।

देशमा सङ्घीय गणतन्त्रको स्थापनासँगै समृद्धिको ढोका खुलेको भन्दै मन्त्री अधिकारीले विगतका सरकारले जस्तो छ महिना वा नौ महिनामा परिणाम देखाउने नभई दीर्घकालीन परिणाम देखाउने गरी वर्तमान सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

आर्थिक वृद्धिदर ९ प्रतिशत र पर्यटकको सङ्ख्यामा ३०.५० प्रतिशतले वृद्धि गरेको भन्दै उहाँले अधिकारीले अबको पाँच वर्षमा मुलुकले मुहार फेर्ने दाबी गर्नुभयो । बागलुङको पश्मिक्षेत्रका पर्यटकीय स्थलहरु ढोरपाटन, चमेरे गुफा र धनपतिको मन्दिरलगायतका क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने अधिकारीको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ६ : ५१ बजे

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,