२०८२, २३ असार सोमबार

डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, १९ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, १९ जना घाइते


अमरगढी, मङ्सिर १:डडेल्धुराको भागेश्वर गाउँपालिका–४ ढिमौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र सोही गाउँपालिका–३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा २०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका–३ का तीन वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडी मेलौली–८ बस्ने १८ वर्षीया गौरी विष्ट, धनगढी उपमहानगरपालीका–१४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड–४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मिला अवस्थीलगायत छन् ।

गम्भीर घाइते भएका गौरी, शर्मिला, केशब र रणबहादुरलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल कैलली धनगढी पठाइएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । मन्त्रालयमा सहसचिवद्वय डा राजेन्द्र पन्त, महेन्द्र श्रेष्ठ र रमेश खरेलले सूर्तीजन्य पदार्थ सेवनका कारण जनस्वास्थ्यमा प्रमुख समस्या देखिँदै गएको उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ६ : ४६ बजे

भगवान राम नेपालमै जन्मिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

काठमाडौं ।  पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत